पोखरामा २४ र २५ गते शैक्षिक परामर्श मेला
पाेखरा | असार २१, २०७९
पोखरा: पोखरामा सातौं संस्करणको वैदेशिक अध्ययन परामर्श सम्बन्धि वृहत शैक्षिक मेला हुने भएको छ । नेपाल शैक्षिक परामर्श संघ कास्कीले आगामी २४ र २५ गते पोखरा सभागृहमा आयोजना गर्ने आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
शैक्षिक मेलाका संयोजक युवराज पौडेलले असार २४ र २५ गते सञ्चालन हुने शैक्षिक मेलामा शिक्षा मन्त्रालयबाट स्वीकृत प्राप्त मेलामा प्रतिष्ठित शैक्षिक परामर्शदातृ संस्थाहरुका अनुभवी तथा दक्ष परामर्शदाताहरुले विद्यार्थीलाई परामर्श दिने जानकारी दिए ।
उनका अनुसार दुई दिन चल्ने शैक्षिक मेलामा कुल ४० वटा स्टलबाट विभिन्न कलेज तथा विश्वविद्यालयको भर्ना प्रक्रिया, विद्यार्थी भिसा नीति एवम् अवसर र चुनौतीको बारेमा मनोपरामर्श ९काउन्सेलिङ० दिइनेछ ।
उनले उक्त दिन उच्च शिक्षा हाँसिल गर्न इच्छुक विद्यार्थीहरुलाई सम्बन्धित, आधिकारिक तथा प्रभावकारी सुचना एवं निशुल्क परामर्श दिइने बताए ।
उनका अनुसार सो शैक्षिक मेलामा अमेरिका, बेलायत, अस्ट्रेलिया न्युनिल्याण्ड, आयरल्यान्ड, जापान, नर्वे, फिनल्यान्ड, जर्मनी, डेनमार्क, फ्रान्स, दक्षिण कोरिया, भारत लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरुको सहभागिता सहित परामर्श दिनेछन् ।
उनले उक्त मेला गण्डकी प्रदेशकै ठुलो शैक्षिक मेलाको रुपमा आयोजना गर्न गइरहेको बताए । स्वदेश तथा विदेशस्थित कलेज तथा विश्वविद्यालयहरु साथै त्यहाँ प्राप्त हुनसक्ने छात्रवृत्ति सहुलियत, सुविधा एवम् गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीहरुको समुचित पहुँचको लागि परामर्श सेवा प्रदान गर्ने मुख्य लक्ष्य लिएको आयोजकले जनाएको छ ।
अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ। संघीय उड्डयन प्रशासन (एफएए) ले...
म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ। वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्यो। दोस्रो हाफको सुरुवाती चार म...
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...

